relans
ni new 83
nib 2082 5

स्थानीय चुनावका लागि २९ दल दर्ता

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १२, बिहिबार

काठमाडौं - स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने राजनीतिक दलको संख्या २९ पुगेको छ ।

निर्वाचन आयोगले आउँदो १५ फागुनसम्म दल दर्ताको समयसीमा तोकेको छ । उक्त समयसीमाभित्र आयोगमा दल दर्ता गर्ने दलले मात्रै चुनावमा भाग लिन पाउँछन् । आयोगका अनुसार पछिल्ला दिनमा १९ वटा दलले दर्ता गराएका छन् । यसअघि १० वटा दलले दर्ता गरिसकेका थिए ।

पछिल्लोपटक दर्ता गर्ने १९ दलमा नेकपा एकीकृत समाजवादी, बहुजन पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेपाल समावेशी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खम्बुवान् राष्ट्रिय मोर्चा, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल, तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, पिछडावर्ग निषाद दलित जनजाति पार्टी र नेपाल संसदीय समाजवादी रहेका छन् । 

त्यसैगरी, आयोगले चुनावमा खटिने जनशक्तिको बीमा गर्नुपर्ने कानुनी व्यवस्था गर्न पनि आग्रह गरेको छ । चुनावमा खटिने १ लाख १० हजार ७ सय १३ जनशक्तिको २० लाख रुपैयाँको बीमा गर्नुपर्ने माग गरेको हो ।

आयोगले कोभिड-१९ महामारीलाई रोकथाम गर्ने स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर र प्राथमिक उपचारका स्वास्थ्य सामग्रीहरू खरिद गर्न बोलपत्र आह्वान गरेको छ ।

Categorized in राजनीति
ppp 2