STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेकपा एसले एमसिसीबारे बहस कार्यक्रम चलाउने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १३, शुक्रबार

काठमाडौं - माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का जनसंगठनहरूले एमसीसी सम्झौताबारे आज बहस कार्यक्रम चलाउँदैछन् ।

काठमाडाैंकाे प्रज्ञा भवनमा दिउँसो २ बजेपछि सुरु हुने कार्यक्रममा पार्टीका नेतासँगै विज्ञहरू सहभागी हुने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

सत्ता गठबन्धनको एक घटक नेकपा एसले संसदीय अनुमोदन पर्खिरहेको एमसीसीसँग सम्झौतालाई यथास्थितिमा समर्थन गर्न नसकिने निर्णय गरिसकेकाे छ । तर, सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले एमसीसी पारित गराउन सबैखाले प्रयास जारी राखेको छ ।

एमालेको साथ पाए सम्झौतामाथि संसदमा आजैदेखि सैद्धान्तिक छलफल थाल्ने कांग्रेसको तयारी छ । दिउँसो १ बजे संसद् बैठक बस्ने तय छ । यस्तोमा नेकपा एसका जनसंगठनहरूले एमसीसी सम्झाैतामाथि बहस गर्न लागेका हुन् । 

Categorized in राजनीति