STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजकाे प्रतिनिधिसभाकाे बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १३, शुक्रबार

काठमाडौ - प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई लिएर किचलो बढिरहेको बेलामा आज बस्ने भनिएको बैठक पनि स्थगित गरिएको हो।

बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए।

सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै आजको बैठक पनि स्थगित गर्न सरकार पक्षले आग्रह गरेको हो।

बिहीवारको बैठक पनि सरकारले नै आग्रह गरेर स्थगित गरिएको हो।

Categorized in राजनीति