STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमसीसीकाे विराेधमा बानेश्वरकाे प्रदर्शनीमा प्रहरीले हान्याे अश्रुग्यास

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १२, बिहिबार

काठमाडौं - एमसीसीविरोधी प्रदर्शनमा उत्रेकाहरूले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । संसदमा आज एमसीसीसम्बन्धी प्रस्तावमाथि छलफल हुन थालेकाे भन्दै सत्ताधारी दलकै कार्यकर्ताहरू विराेध प्रदर्शनमा उत्रेका थिए । 

प्रदर्शनकारीले निषेधित क्षेत्र ताेड्ने प्रयास गरेपछि प्रहरीले पानीकाे फाेहाेरा र अश्रुग्यास प्रहार गरेकाे हाे । प्रहरीले उनीहरूलाई बानेश्वबाट लखेटेर बिजुलीबजारसम्म पुर्‍याएकाे छ । प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ । विराेध प्रदर्शन छेक्न बानेश्वर क्षेत्रमा मात्रै ४ हजारभन्दा बढी प्रहरी परिचालित छन् । 

Categorized in राजनीति