STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ जेठ २५, मंगलबार

    मन्त्रिपरिषद् विस्तारबिरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्विकार

    काठमाडौं - मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु अघि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो । अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । साथै, इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतकासँग मन्त्रिपरिषद पुनर्गठन...

  • २०७८ जेठ २४, सोमबार

    मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद् विस्तार विरुद्ध रिट दर्ता भएको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ हैसियतको रहेकाले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै मन्त्रिपरिषद विस्तार बदर...

  • २०७८ जेठ २४, सोमबार

    ओलीको प्रस्ताव फण्डामात्र : खनाल–नेपाल समूह

    काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको प्रस्तावलाई खनाल–नेपाल समूहले राम्रो नियत नभएको प्रतिक्रिया दिएको छ । एकताको आह्वान राम्रो नियतबाट नआएको र यसमा धेरै षड्यन्त्रहरु रहेको खनाल–नेपाल समूहका नेताहरुको आरोप छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउका लागि दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेकाले पार्टी अध्यक्ष एवम्...

  • २०७८ जेठ २४, सोमबार

    खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

    नेकपा (एमाले) खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज सोमबार बस्दै छ । अध्यक्ष केपी ओलीले आइतबार पार्टी एकताका लागि आह्वान गरेपछि खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले त्यसबारेमा छलफल गर्न लागेका हुन् । ओलीको अपिलबारे स्थायी कमिटी सदस्यहरूले आज भर्चुअल रूपमा छलफल गर्ने तय भए पनि समय भने यकिन भइसकेको छैन । एक वक्तव्य जारी गर्दै ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेका थिए । उक्त...

  • २०७८ जेठ २३, आइतबार

    कर्णाली प्रदेश सरकार : कांग्रेसबाट दुई मन्त्री नियुक्त

    काठमाडौं - कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । नवनियुक्त मन्त्री कांग्रेसबाट सहभागी भएका हुन् । मन्त्रीपरिषद् विस्तारपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

  • २०७८ जेठ २३, आइतबार

    महतोले आफ्नाे अभिव्यक्ति सच्याए

    उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर चाैतर्फी विराेध भएपछि उनले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । शनिबार राति एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध...

  • २०७८ जेठ २२, शनिबार

    मन्त्रिपरिषदको पुनर्गठनप्रति पाँच दलको आपत्ति

    काठमाडौं - मन्त्रिपरिषदको पुनर्गठन प्रति विपक्षी दलले आपत्ति जनाएका छन् । पाँच राजनीतिक दलहरुहरुले संयुक्त वक्तव्य जारी गर्दै कामचलाउ प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको ठहर गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का...

  • २०७८ जेठ २२, शनिबार

    जसपा अन्ततः सत्तामा, कसले पाए कुन मन्त्रालय (सूचीसहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल (महन्थ–राजेन्द्र पक्ष)का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्ता साझेदार बनाएका हुन् । प्रधानमन्त्री ओलीले तीनजनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । जसअनुसार एमालेबाट सामेल भएका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित क्रमशः अर्थ...

  • २०७८ जेठ २२, शनिबार

    प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल पुनर्गठन, थपिए ३ उपप्रधानसहित १० मन्त्री

    केपी शर्मा ओली नेतृत्वको सरकारमा भित्रिएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच ओली नेतृत्वको सरकारमा सहभागी तीन उपप्रधानसहित १० मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डरीबाट शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री ओलीले यसअघि मन्त्रिपरिषद्मा रहेका चार मन्त्रीबाहेक सबैलाई हटाउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री...

  • २०७८ जेठ १८, मंगलबार

    थापाकाे निधनमा देउवा र प्रचण्डबाट दुःख व्यक्त

    काठमाडौं - विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ । एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ । देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै...

  • २०७८ जेठ १८, मंगलबार

    जसपा विवाद : अध्यक्ष ठाकुरसहित चारजना पार्टीबाट निष्काशित

    काठमाडौं - जसपाको उपेन्द्र-बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासनको घोषणा गरेको छ । महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो । यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित स्पष्टीकरण सोधेका थिए । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको...

  • २०७८ जेठ १८, मंगलबार

    जसपा सरकारमा सहभागी हुने

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ ।...

Pages