STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनकपुरधाममा प्रधानमन्त्रीको पुत्लादहन

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १९, बुधबार

माघ १९, काठमाडौँ -  नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।

अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर, स्थानीय निर्वाचनको मिति घोषणा गर लगायतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको थियो ।

Categorized in राजनीति