STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रियसभा बैठक निश्चितकालका लागि स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १६, आइतबार

माघ १६, काठमाडौं - राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवलायका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।

सोमबारका लागि तोकिएको समयमा बैठक बस्न सक्ने अवस्था नभएकाले स्थगित गर्नुपरेको महासचिब गौतमले बताएका छन् ।

यसअघि आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि यही माघ २६ सम्मका लागि स्थगित गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण दुबै सदनको बैठक लामो समयदेखि बस्न सकेको छैन ।

Categorized in राजनीति