STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माघ २६ सम्म प्रतिनिधिसभा बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १५, शनिबार

माघ १५, काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोलि आइतबार बस्ने भनिएको बैठक यही माघ २६ गते बस्ने गरी स्थगित भएको हो । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार साँझ एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् ।

कोरोनाका कारण आइतबार बैठक बस्न सक्ने स्थिति नभएको भन्दै सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेको सूचनामा जनाइएको छ ।

यसअघि सभामुख सापकोटाले आइतबार बिहानका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका थिए । तर, अन्तिम समयमा आएर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण लामो समयदेखि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

Categorized in राजनीति