STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ जेठ १७, सोमबार

    माओवादीकाे आपत्तिपछि सरकारले फिर्ता लियाे मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख

    नेकपा (माओवादी केन्द्र)को आपत्तिपछि बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता गरेको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक...

  • २०७८ जेठ १७, सोमबार

    एमाले स्थायी कमिटी बैठक मंगलबारको लागि सर्‌याे

    काठमाडौँ - नेकपा एमालेको स्थायी कमिटीको बैठक सरेको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कमिटीको बैठक मंगलबार बिहान ११ बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक धकेलिएको बताइएको छ । यसअघि आइतबार साँझ बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेटको...

  • २०७८ जेठ १६, आइतबार

    चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा महत

    काठमाडौँ - नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला  सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गर्नुभएको छ । स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ? विषयक बजेट समीक्षा’ कार्यक्रममा उहाँले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घाोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट...

  • २०७८ जेठ १६, आइतबार

    संसद् विघटनविरुद्ध रिट : मुद्दामा प्रवेशै नगरी न्यायाधीशको निष्पक्षतामाथि बहस

    प्रतिनिधि सभा विघटन र राष्ट्रपतिले संविधानको धारा ७६ को ५ अनुसार प्रस्तुत भएका दाबीअनुसार सरकार गठन अस्वीकार गरेको विषयमा सर्वोच्चको संवैधानिक इजलासमा अहिले पनि बहस जारी रहेको छ। मूल मुद्दामा प्रवेशै नगरी शुक्रबार र आजको इजलासमा न्यायाधीश श्रेष्ठको निष्पक्षतामाथि बहस भईरहेको छ । आज पनि विवादको जडमा नपसी इजलास गठनमा वकिलहरूले त्यही प्रश्न वर्षाइरहेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले...

  • २०७८ जेठ १६, आइतबार

    अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन : पाँच दलकाे निष्कर्ष

    काठमाडौं - विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको बताएको छ। आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रपतिसँग मिलोमतो गरी नेपालको संविधानका विभिन्न धाराहरुको उल्लंघन गर्दै...

  • २०७८ जेठ १६, आइतबार

    बजेट : मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा समस्या

    काठमाडौं - आर्थिक वर्ष २०७८/७९ को बजेटप्रति अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थशास्त्री डा. विश्व पौडेलले विगत तीन वर्षयता ठूलो बजेट बनाउने तर त्यसको लक्ष्य हासिल नगर्ने समस्या देखिएको भन्दै अहिले पनि त्यस्तै हुने सम्भावना रहेको बताएका हुन् । ११ खर्बभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य हासिल नगरेको रेकर्ड भएकाले अहिले ल्याइएको साढे १६ खर्बको बजेटको लक्ष्य हासिल...

  • २०७८ जेठ १५, शनिबार

    बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्नेछन् । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै...

  • २०७८ जेठ १३, बिहिबार

    आज प्रतिनिधिसभा विघटनविरूद्ध रिटको सुनुवाइ

    प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथि आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले प्रधामन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न र सदन पुनर्स्थापनाका लागि परमादेश माग गरिएका १९ रिटको सुनुवाइ आज गर्ने भएको हो । सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने शुक्रबार सुनुवाइ हुने छ । यसअघि सोमबार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न...

  • २०७८ जेठ ११, मंगलबार

    सिसिएमसी खारेज भएको छैन : उपप्रधानमन्त्री

    काठमाडौँ - उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज नगरिएको स्पष्ट गर्नुभएको छ । सिंहदबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सिसिएमसी खारेज नभई थप सशक्त बनाइएको स्पष्ट पार्नुभयो । “सिसिएमसी खारेज भएको होइन । कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सिसिएमसीको...

  • २०७८ जेठ ११, मंगलबार

    प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारदेखि सुनुवाइ हुने

    काठमाडौँ, - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३०  रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र  संवैधानिक इजलासका लागि तोकिएको मुद्दा  शुक्रबारदेखि सुनुवाइ हुनेछ । अन्तरिम आदेश माग गरिएका १९  रिट निवेदनको पेशी बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ ...

  • २०७८ जेठ ११, मंगलबार

    देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बैठक बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको हो। पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विपक्षी गठबन्धन आफूलाई बहुमत सदस्यको साथ रहेको र प्रतिनिधि सभाबाटै वैकल्पिक सरकार गठन हुन सक्ने भन्दै सोमबार...

  • २०७८ जेठ ११, मंगलबार

    ओली सरकारलाई बढारेर कानूनी राज स्थापना गर्न नेपालको आह्वान

    काठमाडौं - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको भन्दै ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान समेत गरेका छन् । यस्तै उनले राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने...

Pages