STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

३ माघ, काठमाडौँ - यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब दुई हजार पाँच सय थान मतपत्र छापिएको जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा कूल २०२५ मतदाता छन् ।

आयोगका अनुसार छापिएका मतपत्र माघ ४ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम सुरु हुने छ । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन गरी १९ रिक्त सदस्य पदका लागि माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुने छ ।

Categorized in राजनीति