STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ जेठ ८, शनिबार

    खनाल-नेपाल समूहलाई कारबाही गर्ने एमालेको तयारी

    काठमाडौं - नेकपा एमालेले खनाल–नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ । खनाल–नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । उनले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो । संविधानको...

  • २०७८ जेठ ८, शनिबार

    मध्यरात प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि

    संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठन हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेका छन् । मध्यरातमा मन्त्रिपरिषद् बैठक राखेर उनले कात्तिक २६  मंसिर ३ गते निर्वाचनको मिति तोकेका हुन् । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अब मुलुक मध्यावधि निर्वाचनतर्फ लागेको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि उनले भने, संसदको विघटनको सिफारिस गरिएको छ । अब मुलुक मध्यावधि चुनावतर्फ...

  • २०७८ जेठ ७, शुक्रबार

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । मन्त्रीहरूलाई साँझ सात बजे मन्त्रिपरिषद बैठकमा उपस्थित हुन सूचना पठाइएको छ ।

  • २०७८ जेठ ७, शुक्रबार

    राष्ट्रपति भेट्न बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी नेताहरु शीतल निवासतर्फ

    काठमाडौं - बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । संविधानको धारा ७६(५) अनुसार सरकारको दावी गर्न काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । कांग्रेसका ६१, माओवादी केन्द्रका...

  • २०७८ जेठ ७, शुक्रबार

    १४९ सांसदको हस्ताक्षरसहित देउवाले गरे प्रधानमन्त्रीमा दाबी

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को  उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह र एमालेको माधव नेपाल समूहका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनले प्रधानमन्त्रीमा दाबी गरेका हुन् । माधव समूहका २७ जना सांसदले हस्ताक्षर गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिए । संविधानको...

  • २०७८ जेठ ६, बिहिबार

    गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्नू : सर्वोच्च

    काठमाडौं - सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत् बदर गरेको हो । सांसद नरहेका...

  • २०७८ जेठ ६, बिहिबार

    प्रधानमन्त्री ओलीले बजेटअघि नै विश्वासको मत लिने

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ । बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक...

  • २०७८ जेठ ६, बिहिबार

    राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

    बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र बागमती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका...

  • २०७८ जेठ ५, बुधबार

    निषेधाज्ञामा कर नतिरे पनि जरिवाना नलिनू : सर्वाेच्च

    सर्वोच्च अदालतले  निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरे जरिवाना नतिराउन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न अर्थ...

  • २०७८ जेठ ५, बुधबार

    प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन : माैन अवधिमा मागे बादलकाे लागि भोट

    प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको मौन अवधिलाई चुनौती दिँदै राष्ट्रियसभा सदस्यको निर्वाचनमा रामबहादुर थापा बादललाई भोट नहाले क्षम्य नहुने चेतावनी दिएका छन् । ६ जेठमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले ३  जेठदेखि मौन अवधि लागू गरेको थियो । यो अवधिमा चुनावी प्रचार प्रसार तथा भोट माग्ने क्रियाकलाप निषेधित हुन्छ । आयोगले मौन अवधिको सूचना प्रकाशित गर्दै भनेको थियो, ‘मौन अवधिमा एस....

  • २०७८ जेठ ५, बुधबार

    बादललाई मत दिन राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा ह्वीप जारी

    काठमाडौँ । भोलि जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिन ह्वीप जारी गरेको छ। बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको हो। बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए। एमाले प्रवेशसँगै उनलाई...

  • २०७८ जेठ ४, मंगलबार

    आन्तरिक सहमतिपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं - फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीले आन्तरिक सहमतिपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार–विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा बैठक राखिएको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बैठक बस्न लागेको हो। बैठक बिहान ११...

Pages