STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ जेठ ३, सोमबार

    कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन

    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् । नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी...

  • २०७८ जेठ २, आइतबार

    प्रधानमन्त्रीको शपथ दोहोर्‍याउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले ओलीले वैशाख ३१ गते लिएको प्रधानमन्त्रीको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका हुन् । शपथ कानुनविपरीत भएकाले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउनसमेत निवेदकले माग गरेका छन् । यद्यपी, रिट भने दर्ता...

  • २०७८ जेठ २, आइतबार

    जसपाका अध्यक्षद्वयबीच छलफल हुँदै

    राजनीतिक मतभिन्नताका कारण पार्टी विभाजनको डिलमा पुगेपछि जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच छलफल हुने भएको छ । उनीहरूबीच दिउँसो १ बजेपछि छलफल भइरहेकाे छ । बहुमतको सरकार गठन प्रकरणबाट राजनीतिक मतभिन्नता देखा परेको जनता समाजवादी पार्टी विभाजनको डिलमा पुगेको छ । बहुमतको आडमा राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेपछि पार्टीभित्र विवाद थप चर्किएको  छ ।   उपेन्द्र...

  • २०७८ जेठ २, आइतबार

    ओली र नेपालबीच ‘वान अन वान’ वार्ता

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच ‘वान अन वान’ वार्ता जारी छ । अध्यक्ष ओली र नेपालबीच पार्टीभित्रको विवाद समाधानको प्रयासस्वरुप छलफल भइरहेको छ । यसअघि पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र नेता नेपाल पक्षधर नेताहरूबीच शुक्रबार पनि छलफल भएको...

  • २०७८ जेठ २, आइतबार

    निर्देशिका मिचेर राजदूत सिफारिस

    काठमाडौँ - सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ । केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत...

  • २०७८ जेठ २, आइतबार

    राजदूतलाई कोरोनाविरुद्ध सहयोग जुटाउन निर्देशन

    काठमाडौं - सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई कोरोना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल अर्थात अप्रत्यक्ष बैठकमा खोप, अक्सिजन, औषधि र अरु स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयले...

  • २०७८ बैशाख ३१, शुक्रबार

    कोरोना नियन्त्रणमा सम्पूर्ण शक्ति : नवनियुक्त प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकार सम्पूर्ण शक्ति केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना नियन्त्रण तथा रोकथाममै सरकारको ध्यान केन्द्रित हुने बताए । त्यसका निम्ति अक्सिजनको अभाव हुन नदिने र खोपको आवश्यक प्रबन्ध गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘‘कोभिड–१९ विकराल हुन नदिन सरकारले सम्पूर्ण...

  • २०७८ बैशाख ३१, शुक्रबार

    पुरानै मन्त्रीहरु समेटिएको मन्त्रिपरिषद् विस्तार

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा ४३औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरूलाई मन्त्रिमण्डलमा समेटेका छन् ।  प्रधानमन्त्री ओलीले ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी,...

  • २०७८ बैशाख ३१, शुक्रबार

    जसपालाई सरकारमा सहभागी हुन ‌ओलीको प्रस्ताव

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन प्रस्ताव राखेका हुन् । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग भने ओलीले छलफल गरेका छैनन्। भट्टराई र यादव ओलीलाई हटाउन चाहान्थे भने ठाकुर र महतो...

  • २०७८ बैशाख ३१, शुक्रबार

    अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने प्रधानमन्त्री ओलीको तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्याउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले शितल निवासमा साढे दुई बजे शपथ ग्रहण गर्दैछन् । त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ । एमाले संसदीय दलका नेता ओली संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

  • २०७८ बैशाख ३१, शुक्रबार

    प्रधानमन्त्री ओलीले आज शपथ लिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लागेका हुन् । गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो...

  • २०७८ बैशाख ३०, बिहिबार

    केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने

    काठमाडौँ - विपक्षी गठबन्धनले विश्वासको मत प्राप्त गर्न नसक्दा पदमुक्त भएका केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६...

Pages