कांग्रेस पार्टी सभापतिमा देउवा विजयी
Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २९, बुधबार
मंसिर २९, - नेपाली कांग्रेस पार्टी सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । निर्वाचन समितिले आधिकारीक घोषणा गर्न भने बाँकी छ ।
विजयी हुन आवश्यक पर्ने २२ सय ८१ मतको सिमा उनले पार गरेसँगै उनी विजयी बनेका हुन् ।
दोस्रो चरणको निर्वाचनमा ४५ सय ६३ मत खसेको थियो । उनले २२ सय ८८ मत प्राप्त गरेका छन् । साढे सात सय मत गन्न बाँकी नै रहदा विजयी भएका हुन् । उनका प्रतिस्पर्धि शेखर कोइरालाले १५ सय १ मत लिएका छन्
पहिलो चरणमा सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने प्रवधानको कारण दोस्रो चरणमा मतदान भएको हो ।
पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए ।
पहिलो चरणमा उम्मेदवार बनेका प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ्ले देउवालाई सहयोग गरेका थिए । त्यस्तै कोइराला परिवारकै शशांक र सुजता कोइरालाले पनि उनलाई सहयोग गरेका थिए ।
देउवा कोइराला परिवार बाहिरबाट पनि कांग्रेस सभापतिमा पुन निर्वाचित हुने नेता भएका छन् ।
Categorized in राजनीति

