STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रदेश २ को नाम मधेस प्रदेश, स्थायी राजधानी जनकपुर

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

माघ ३, काठमाडौं - प्रदेश २ ले चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानी पाएको छ ।

सोमबार प्रदेशसभाको बैठकले प्रदेशको नाम ‘मधेस प्रदेश’ र  स्थायी राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको  हो । प्रस्ताव पारित भएसँगै झण्डै चार वर्षपछि प्रदेश २ को नामकरण र राजधानी टुंगो लागेको हो ।

मतदानमा मधेस प्रदेशको पक्षमा ८० सांसदले मत हाले, जुन प्रदेशसभाको दुई तिहाइ बहुमत हो । १०३ सदस्यीय प्रदेशसभामा सोमबारको बैठकमा उपस्थित ९९ सांसदमध्ये १९ जनाले मात्रै विपक्षमा मतदान गरेका थिए ।

‘मधेस प्रदेश’ को प्रस्तावमा सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रसँगै विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) उभिएको थियो । संसदीय समितिले प्रदेशसभा बैठकमा मधेस प्रदेशसँगै ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’  प्रस्ताव गरेको थियो ।

तर, 'मधेस प्रदेश' को प्रस्तावलाई प्रदेशसभाको दुई तिहाइले पारित गरेपछि अन्य प्रस्ता स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए ।

यसअघि प्रदेशसभाले प्रदेश २ को राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । जनकपुर राजधानीको पक्षमा प्रदेशसभामा उपस्थित ९९ सांसदमध्ये ७८ सांसदले मत हालेका थिए । विपक्षमा २१ जना सांसद रहेका थिए ।

Categorized in राजनीति