STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ९, बुधबार

काठमाडाेँ - नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दै छ ।

आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलको  प्रतिनेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची छन् ।

चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन मापदण्डलगायतबारे पनि छलफल गर्ने एजेन्डा रहेको रिजालले जानकारी दिए । बैठक बिहीबारसम्म चल्ने छ ।

Categorized in राजनीति