STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राप्रपा नेपाल कांग्रेस-कम्युनिष्टको विकल्प : कमल थापा

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ८, मंगलबार

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प भएको बताएका छन् ।

मंगलबार जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाललाई कांग्रेस-कम्युनिष्टको विकल्पका रूपमा अघि बढाइएको बताएका हुन् । उनले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको र राजनीतिक एजेण्डामा मात्र सबै अलमलिएको आरोप लगाए ।

उनले विगतका तिता कुरा बिर्सने र त्रुटिलाई सच्याएर आगामी दिनमा सशक्त रूपमा अघि बढ्ने बताए । राप्रपा नेपाल जनताको भावनाको सम्मान गर्ने विचार भएको बताउँदै उनले आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको समेत बताए ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्‌भाव खलबलिने उनले बताए । थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्नेतर्फ कसैले चासो नदिएको बताए ।

बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठनबारे आफ्नो प्रस्तुति दिएका थिए । बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष सहभागी थिए ।

Categorized in राजनीति