STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उम्मेदवारको राजीनामा प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ८, मंगलबार

काठमाडौं - सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले स्थानीय चुनावमा उम्मेदवारी दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उम्मेदवारी दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वयन नगर्न भनेको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि रिट निवेदक र विपक्षी दुवै पक्षलाई १३ चैतमा छलफल पनि बोलाएको छ ।

Categorized in राजनीति