relans
ni new 83
nib 2082 5

हलाे नपाए चुनाव हुन दिन्नाैं - राप्रपा

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १, मंगलबार

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् ।

बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिह्न हलो नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् ।

‘हलो दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ’, उनले भने । राप्रपालाई राजनीतिक मूलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

‘राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन । द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु', सभामा उनले भने, ‘देशभरका कार्यकर्ता साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि राप्रपाका कार्यकर्ताले, राप्रपालाई मत दिन चाहने मतदाताले हाम्रो चुनाव चिह्न ‘हलो’ मै भोट हाल्न पाउनुहुनेछ ।’ 

Categorized in राजनीति
ppp 2