STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कमल थापाले गरे राप्रपा नेपालको औपचारिक घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ७, शनिबार

राप्रपा त्यागेर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपालको अध्यक्ष रुपमा पार्टीको घोषणा गरेका छन् ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् । उनले महाधिवेशनबाट लिङ्देन अध्यक्ष बनेपछि आफूलाई सो पार्टीमा बस्ने वातावरण नभएको बताए । उनकाे सम्बाेधन जारी छ ।

उनले राप्रपाबाट कार्यकर्ताहरू पलायन भएकाले सो पार्टीबाट अलग भएको बताए । उनले नासोका रुपमा लाक्पा तामाङले सम्हालेर राखेको पार्टी राप्रपा नेपालमा प्रवेश गरेको बताए । उनले राप्रपा नेपालको अध्यक्ष बनेपछि पार्टीका संगठनहरू बन्ने क्रम जारी रहेको बताए ।

Categorized in राजनीति