STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ८, आइतबार

काठमाडौं - एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।

निषेधित क्षेत्र तोडेपछि अवस्था तनावपूर्ण भएको हो । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ ।

Categorized in राजनीति