STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज एमसीसी सम्झौता टेबल नहुने, भोलि गठबन्धनको बैठक बस्ने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ४, बुधबार

काठमाडौँ - सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल नगर्ने भएको छ । जबर्जस्ती एमसीसी टेबल गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको चेतावनीपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका हुन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आज एमसीसी सदनमा टेबल नगर्ने सहमति भएको हो । दुई नेताबीच भोलि शीर्ष नेताहरूको निर्णायक बैठक डाक्ने सहमति पनि जुटेको छ । भोलि दिउँसो ३ बजे गठबन्धनकाे बैठक डाकिएको छ ।एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।

Categorized in राजनीति