STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रदेश २ को नाम र राजधानीका लागि मतदान हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

काठमाडाैं, माघ ३ -  प्रदेश २ को नाम र स्थायी राजधानीका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । नाम र राजधानीमा दलीय सहमति जुट्न नसकेपछि अन्ततः मतदान हुने भएको हो । तर बहुमत नजुट्दा मतदानबाट पनि यो विषय पार लाग्ने सम्भावना कमै देखिएको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र  राजधानीका लागि तीन वटा प्रस्ताव राखेकाे छ । तर त्यसमा सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो ।

बिहान ११ बजेबाट प्रदेशसभा बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले आजकाे बैठकमा नाम र राजधानीबारे मतदान हुने बताए ।

मधेस केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र प्रदेशकाे नाम मधेस हुनुपर्ने पक्षमा छन् भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेश हुनुपर्ने अडान कायम राखेका छन् ।

दलहरूले आफ्ना पुरानै अडानमा टसमस नभएपछि प्रदेशको नामाकरणमा दुई तिहाई पुग्ने सम्भावना कम देखिएको छ ।

Categorized in राजनीति