STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेले देशभर दबाबमूलक कार्यक्रम गर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १९, बुधबार

माघ १९, काठमाडौँ - नेकपा एमालेले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सरकारले ४ जेठमा स्थानीय निकायको निर्वाचन घोषणा नगरे देशभर दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । 'सरकारले भोलिको मन्त्रिपरिषद् बैठकमार्फत निर्णय नगरेको अवस्थामा पार्टीले केन्द्र र प्रदेश र जिल्लामा दबाबमुलक कार्यक्रमका लागि प्रशिक्षण दिने निर्णय भएको छ,' गुरुङले भने ।

बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गरी कारबाही गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । बैठकले जनवर्गीय संगठनको अधिवेशनलाई पनि अघि बढाउने निर्णय गरेको गुरुङले बताए ।

Categorized in राजनीति