STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिके राउतका कार्यकर्ताद्वारा पूर्व–पश्चिम राजमार्ग बन्द

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २०, बिहिबार

माघ २०, काठमाडौं - सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।

किसान हकहितका लागि भन्दै आन्दोलन गर्दै आएको सो पार्टीले आज सप्तरीलगायतका मधेश प्रदेशमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेको हो । जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन समेत गरेका छन् ।

प्रदर्शनका कारण सप्तरी, सिराहा, धनुषालगायत जिल्लामा यातायात प्रभावित बनेको छ । बाँसका भाटा बोकेका कार्यकर्ता सडकमा घुमिरहेका देखिएका छन् ।

राजमार्ग अवरुद्ध हुँदा मधेश प्रदेश हुँदै पूर्व पश्चिम जाने आउने लामो दूरीका यातायातका साधन रोकिएका छन् । राजमार्ग क्षेत्रमा ब्यापक रुपमा प्रहरी पनि परिचालन गरिएको छ ।

जनमत पार्टीले किसानलाई मलखाद, सिँचाइ सुविधा र किसानलाई पेन्सनको ब्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर सडक प्रदर्शन गर्दै आएको छ ।

तर, अन्य राजनीतिक दलहरुले भने मधेश प्रदेशमा आफ्नो राजनीतिक स्थान बनाउन उक्त पार्टीले आन्दोलन सुरु गरेको आक्षेप लगाउने गरेका छन् ।

Categorized in राजनीति