STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्याख्यात्मक घोषणासहित एमसिसी पास हुनु सकारात्मक : माधवकुमार नेपाल

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १७, मंगलबार

नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसिसी पास हुनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ । सत्तारुढ दल नेकपा एसले पत्रकार सम्मेलन गर्दै आफूहरुको पहलका कारण व्याख्यात्मक घोषणा जारी भएको बताएको छ ।

नेकपा एसले एमसिसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाले जनतामा रहेको भ्रम पनि हटेको  नेकपा एसले बताएकाे छ । आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसिसी जस्ताको तस्तै अनुमोदन हुने अवस्था रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ ।

पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने क्रममा संसदमा नाराबाजी गरेको दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमा देशभक्तिको भावना नरहेको बताए ।

‘केपी ओलीमा देशभक्तिको भावना छैन, कम्युनिस्ट हुन लायक छैनन्,’ उनले भने,‘ चुनौतीका साथ भन्न चाहन्छु, यदि तर्कको मैदानमा, तर्क प्रस्तुत गर्ने ठाउँमा आउनुस् ।’  ओली नेतृत्वकै सरकारका कारण एमसिसीबारे भ्रम फैलिएको  उनको भनाई छ ।

Categorized in राजनीति