संसद् बैठक फागुन १८ सम्म स्थगित
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १५, आइतबार
फागुन १५, काठमाडौं - प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ।
एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् ।
आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।
Categorized in राजनीति

