STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विप्लव र भीम रावलबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १९, बिहिबार

काठमाडौँ - नेकपा एमाले नेता भीम रावल र नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान रावल निवास टोखामा दुई नेताबीच भेटवार्ता भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विप्लवसँग भेटवार्ता भएको नेता रावलले पुष्टि गरेका छन् । रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-
'आज  नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो । उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र  मोर्चा बनाउन जोड दिनुभयो । देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।'

Categorized in राजनीति