STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल र चीनबीच आर्थिक सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १२, शनिबार

काठमाडौँ -नेपाल र चीनबीच विभिन्न स्वास्थ्य, ऊर्जा, व्यापार तथा आर्थिक सहयोगसम्बन्धी विविध विषय सम्झौतापत्रका हस्ताक्षर भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायण खड्का र विदेशमन्त्री वाङबीच भएको भेटवार्ताका क्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताका बुँदाहरूमा नेपाल र चीनबीच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्सनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुक्खा घाँस निर्यातको सुरक्षा र स्वास्थ्य अवस्थासम्बन्धी प्रोटोकल रहेका छन् ।

त्यसैगरी, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकललगायतका विषयमा सम्झौता भएको छ ।

भेटवार्ताका क्रममा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ । आर्थिक तथा प्राविधिक सहयोगलगायत विभिन्न विषयमा सम्झौता भएको छ । तीनदिने नेपाल भ्रमणमा मन्त्री वाङ हिजो नेपाल आइपुगेका हुन् । विदेशमन्त्री वाङले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट्दै छन् ।

Categorized in राजनीति