STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच शिष्टाचार भेट

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १३, आइतबार

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।राष्ट्रपति भण्डारीसँगको भेटका लागि चिनियाँ विदेशमन्त्री वाङ आइतबार बिहान शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारीको कार्यकक्षमा भएको भेटमा दुई देशको हित र सहकार्यका सम्बन्धमा छलफल भएको जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । 

राष्ट्रपति भण्डारीसँगको भेटपछि यीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी आजै स्वदेश फर्किनेछन् । 

Categorized in राजनीति