STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेसको केन्द्रिय समिति बैठक बस्दै, गठबन्धनमा रहने-नरहने टुंगो लगाइने

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १४, सोमबार

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । नेपाली कांग्रेसले दिएको जानकारी अनुसार बैठक विहान ११ बजेका लागि बोलाइएको छ । आज पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लगाउने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताउनु भयो । उहाँले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने बताउनु भयो ।

प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताउनु भयो । प्रवक्ता महतले आज स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने बताउनु भयो ।

नेपाली कांग्रेसमा निर्वाचनमा गठबन्धन गरेर जाने वा नजाने भन्ने विषयमा मतभेद देखिएको छ ।

Categorized in राजनीति