STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राप्रपाकाे हाइ कमाण्ड गठन

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १४, सोमबार

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समिति (हाइ कमाण्ड) गठन गरेको छ । सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री राजेन्द्र गुरुङ्ग, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की , उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग, उपाध्यक्ष मुकुन्द श्याम गिरी छन् ।

यस्तै महामन्त्री डा.धवल शमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री प्रल्हाद प्रसाद साह, महामन्त्री कुन्ती कुमारी शाही, केन्द्रीय सदस्य दीपक बोहोरा, केन्द्रीय सदस्य नवराज सुवेदी, केन्द्रीय सदस्य हरि बहादुर बस्नेत , केन्द्रीय सदस्य बालाराम घर्तीमगर , केन्द्रीय सदस्य जयन्त चन्द, केन्द्रीय सदस्य टंक ढकाल , केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा, केन्द्रीय सदस्य ऋषि बाबु परियार छन् ।

Categorized in राजनीति