STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १३, आइतबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

आइतबार नक्सालस्थित मेरियट होटलमा माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकिएलगत्तै चिनियाँ विदेशमन्त्री वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन् । 

यसअघि मेरियट होटलमै विदेशमन्त्री वाङले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न प्रचण्ड ओलीसँगको भेटवार्ता नसकिँदै मेरियट पुगेका थिए । वाङसँगको भेटवार्तामा प्रचण्डसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत र प्रचण्डपुत्री गंगा दाहाल सहभागी थिए । 

तीन दिने नेपाल भ्रमणका लागि ११ चैतमा नेपाल आएका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । विदेशमन्त्री वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ ।

Categorized in राजनीति