STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ चैत्र १२, शनिबार

    प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ भेटवार्ता भएको हो । करिब १ घन्टा भएको कुराकानीमा विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवालाई चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तारलगायत...

  • २०७८ चैत्र १२, शनिबार

    नेपाल र चीनबीच आर्थिक सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौँ -नेपाल र चीनबीच विभिन्न स्वास्थ्य, ऊर्जा, व्यापार तथा आर्थिक सहयोगसम्बन्धी विविध विषय सम्झौतापत्रका हस्ताक्षर भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायण खड्का र विदेशमन्त्री वाङबीच भएको भेटवार्ताका क्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताका बुँदाहरूमा नेपाल र चीनबीच क्रस बोर्डर रेल्वे परियोजनाका लागि...

  • २०७८ चैत्र १२, शनिबार

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेट

    काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो । उनीहरूबीच राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुनका साथै कोरोना महामारीको कठिन परिस्थितिमा चीनले...

  • २०७८ चैत्र १२, शनिबार

    चिनियाँ विदेशमन्त्रीले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेट्दै

    काठमाडौँ - नेपालको तीन दिने भ्रमणका रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै छन्  । चीनका स्टेट काउन्सिलर समेत रहेका वाङ बिहान कीर्तिपुरमा हाइकिङ गएका छन् । हाइकिङबाट फर्किएपछि दिउँसो वाङले समकक्षी डाक्टर नारायण खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम छ । भेटका क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय...

  • २०७८ चैत्र ११, शुक्रबार

    चीनका विदेशमन्त्री आज काठमाडौं आउँदै

    काठमाडौं - चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज (शुक्रबार) काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइको...

  • २०७८ चैत्र १०, बिहिबार

    एमाले बैठकमा आज ओलीको प्रतिवेदनमाथि छलफल हुने

    काठमाडौँ - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज बुधबार (हिजो) प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल हुने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको पहिलो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।  १५ पृष्ठको प्रतिवेदनमा एमालेले आउँदो चुनाव जित्ने १८ आधार उल्लेख गरिएको छ । काठमाडौँको माइतीघरस्थिति कार्की ब्याङ्क्वेटमा...

  • २०७८ चैत्र ९, बुधबार

    निर्वाचनमा गठबन्धन आवश्यक ः नेता गच्छदार

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पार्नुभयो । पूर्वउपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले...

  • २०७८ चैत्र ९, बुधबार

    आजदेखि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडाेँ - नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दै छ । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलको  प्रतिनेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र,...

  • २०७८ चैत्र ८, मंगलबार

    अभिनेत्री मानन्धर एमालेमा प्रवेश

    काठमाडौं - अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको...

  • २०७८ चैत्र ८, मंगलबार

    उम्मेदवारको राजीनामा प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं - सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले स्थानीय चुनावमा उम्मेदवारी दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सिन्धुपाल्चोकको...

  • २०७८ चैत्र ८, मंगलबार

    राप्रपा नेपाल कांग्रेस-कम्युनिष्टको विकल्प : कमल थापा

    काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प भएको बताएका छन् । मंगलबार जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाललाई कांग्रेस-कम्युनिष्टको विकल्पका रूपमा अघि बढाइएको बताएका हुन् । उनले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको र राजनीतिक एजेण्डामा मात्र सबै अलमलिएको आरोप लगाए । उनले विगतका तिता कुरा बिर्सने...

  • २०७८ चैत्र ८, मंगलबार

    सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँ : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको चुनावसम्म कायमै रहने दाबी गरेका छन् । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलबार अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे । उनका अनुसार शक्तिको उचित मूल्याङ्कन...

Pages