STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रचण्डलाई गोरखा पुग्दा ‘रिल्याक्स’ महसुस

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १३, आइतबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् ।

शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए । गोरखा हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको उनले बताए । दाहालले भने, ‘सायद अहिलेसम्मका निर्वाचनमध्ये यसपटक मेरो लागि सबैभन्दा सहज छ, एक ढंगले भन्ने हो भने गोरखा आउँदा ‘रिल्याक्स’ जस्तो महसुस गरेको छु । दाहाल गोरखा क्षेत्र नम्बर( २ बाट निर्वाचनमा लडदैछन् ।

गठबन्धनभित्र समेत दरिलो एकता भएको उनको भनाइ छ। अध्यक्ष दाहालले डा। बाबुराम भट्टराईले आफूलाई गोरखाबाट निर्वाचन लडन प्रेरित गरेको बताए ।

Categorized in राजनीति