STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ चैत्र ८, मंगलबार

    सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँ – अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आज अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार...

  • २०७८ चैत्र ४, शुक्रबार

    उम्मेदवारले राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति एमालेकाे आपत्ति

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले उपमहासचिव विष्णु रिमालले आज शुक्रबार बिहान ट्वीटर मार्फत नगरपालिकाका मेयर वा गाउँपालिका अध्यक्षले किन राजीनामा दिनुपर्ने भन्ने प्रश्न गर्नुभएको हो । रिमालले प्रधानमन्त्रीले पदमै बसेर चुनाव लड्न पाउने तर...

  • २०७८ चैत्र १, मंगलबार

    चैत ९ र १० मा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । बैठकले चैत ९ र १० गते बस्ने केन्द्रीय बैठकमा अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । त्यस्तै सोही बैठकमा प्रदेश...

  • २०७८ चैत्र १, मंगलबार

    घर–घर जाऔँ अभियान आजदेखि

    नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि...

  • २०७८ चैत्र १, मंगलबार

    हलाे नपाए चुनाव हुन दिन्नाैं - राप्रपा

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिह्न हलो नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् । ‘हलो दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ’, उनले भने । राप्रपालाई राजनीतिक मूलधारबाट...

  • २०७८ फाल्गुण ३०, सोमबार

    स्थानीय तहको निर्वाचनमा जुट्न नेता नारायणकाजी श्रेष्ठको निर्देशन

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले निर्वाचनको मिति नजिकिँदै गएकाले सङ्गठन निर्माणसँगै स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले केन्द्रमा गठबन्धन सरकार भए...

  • २०७८ फाल्गुण २९, आइतबार

    कांग्रेसको एक महिने चुनावी अभियान सुरु

    काठमाडौँ - सत्तासीन नेपाली कांग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आइतबार सुरु भएको छ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने चुनावी अभियान सुरु गरिएको हो । अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका...

  • २०७८ फाल्गुण २९, आइतबार

    एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन्ः अध्यक्ष दाहाल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।” अध्यक्ष दाहालले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने...

  • २०७८ फाल्गुण २८, शनिबार

    गृहमन्त्रीलाई जनमत कार्यकर्ताले देखाए कालो झन्डा

    काठमाडौं - डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले गृह जिल्ला रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झन्डा देखाएका छन् । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका–३ धकधईमा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा जनमत कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । जनमत पार्टीले उठाउँदै आएको किसानको माग सरकारले सम्बोधन नगरेको...

  • २०७८ फाल्गुण २६, बिहिबार

    मतपत्रको रङको विषयलाई लिएर रोइकराइ नगर्न काङ्ग्रेस नेताको आग्रह

    काठमाडौँ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले मतपत्रको रङको विषयलाई लिएर रोइकराइ नगर्न आग्रह गरेका छन् । रङले मात्र चुनाव नजितिने पनि उनले स्पष्ट पारेका छन् । उनले बिहीबार ट्विट गर्दै मतपत्रको रङको विषयलाई लिएर अहिले भ्रम सिर्जना गर्न खोजिएको आरोप पनि लगाएका छन् । ‘रङले चुनाव जितिने होइन,’ उनले ट्विटमा भनेका छन्, ‘आफूले गरेका कर्मका आधारमा जनताले मत दिएर चुनाव जित्ने...

  • २०७८ फाल्गुण २६, बिहिबार

    एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल नियुक्त

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । बिहीबार एमाले अध्यक्ष तथा संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रियसभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन् । भट्टराई यसअघि प्रमुख सचेतक थिए । चार वर्षे कार्यकाल सकिएसँगै राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेलको कार्यकाल सकिएपछि भट्टराईलाई नियुक्त गरिएको हो । यसैगरी...

  • २०७८ फाल्गुण २५, बुधबार

    नेपाली कांग्रेसले गर्‌यो चुनावी अभियानको घोषणा

    नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै चुनावी अभियानको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले सो अभियानको औपचारिक घोषणा गरेको हो । ‘घरघरमा जाऔँ, कांग्रेसलाई जिताऔँ’ भन्ने मूल नाराका साथ आगामी फागुन २९ गतेदेखि चैत २९ गतेसम्म अभियान सुरु भएको कांग्रेसले जनाएको छ । यो अभियानको मूल लक्ष्य नेपाली कांग्रेसलाई हरेक घरमा पु¥याउने र जनताका पीरमर्का बुझ्ने...

Pages