STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ फाल्गुण ७, शनिबार

    संसदमा एमसीसी पेस गर्न दिने नेकपा एसको निर्णय

    काठमाडौं - नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ । शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न नदिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ ।

  • २०७८ फाल्गुण ७, शनिबार

    एमसीसी विरोधी नेताहरु प्रचण्ड निवास खुमलटारमा

    काठमाडौँ - सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् । खुमलटार स्रोतका अनुसार शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको...

  • २०७८ फाल्गुण ७, शनिबार

    संसदमा एमालेको नाराबाजी, अर्को बैठक ८ गते

    काठमाडौंं - संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    आजकाे प्रतिनिधिसभा कार्यसूचीमा परेन एमसिसी

    काठमाडौँ - शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने एमसीसी परेको छैन । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था...

  • २०७८ फाल्गुण ५, बिहिबार

    ओली भेट्न प्रधानमन्त्री देउवा पत्‍नीसहित बालकोटमा

    फागुन ५, काठमाडौं - सत्ता गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा पत्‍नी आरजुसहित बालकोट पुगेका हुन्। कांग्रेसका नेताहरुका अनुसार देउवा सकेसम्म भोलि (शुक्रबार) नै संसद बैठकमा एमसीसी टेबल गर्न चाहन्छन्। उनले त्यही...

  • २०७८ फाल्गुण ५, बिहिबार

    सत्ता गठबन्धनको आजको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

    फागुन ५, काठमाडौं - सत्ता गठबन्धनको बैठक भोलि पुनः बस्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन भोलि पुनः बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्कर्षमा नपुगेपछि भोलि बिहान १० बजे पुनः बस्ने गरी बैठक सकिएको हो । आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने...

  • २०७८ फाल्गुण ४, बुधबार

    प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

    फागुन ४, काठमाडौं - प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

  • २०७८ फाल्गुण ४, बुधबार

    एमसीसी विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप, १३७ प्रदर्शनकारी नियन्त्रणमा

    फागुन ४, काठमाडौं - अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्न लागेको विरोधमा बुधबार उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १ सय ३७ जना प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा परी १५ जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये दुई जना प्रदर्शनकारीको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते चार जना प्रहरीको पनि वीर...

  • २०७८ फाल्गुण ४, बुधबार

    आज एमसीसी सम्झौता टेबल नहुने, भोलि गठबन्धनको बैठक बस्ने

    काठमाडौँ - सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल नगर्ने भएको छ । जबर्जस्ती एमसीसी टेबल गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको चेतावनीपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका हुन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आज एमसीसी सदनमा टेबल नगर्ने सहमति भएको हो । दुई नेताबीच भोलि शीर्ष नेताहरूको निर्णायक बैठक डाक्ने सहमति पनि जुटेको छ ।...

  • २०७८ फाल्गुण ४, बुधबार

    आज एमसीसी संसद बैठकमा टेबल गर्ने तयारी

    काठमाडौं - प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी प्रस्ताव समावेश छैन। कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । तर, सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ । संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले...

  • २०७८ फाल्गुण ३, मंगलबार

    एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

    फागुन ३, काठमाडौं - नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको आरोप लगाउदै स्वास्थ्यमन्त्रीको राजिनामा माग गरेको हो । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘झुट...

  • २०७८ फाल्गुण ३, मंगलबार

    एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

    फागुन ३, काठमाडौं - सत्तारुढ नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबल गराउने निणर्य गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड निर्णय गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ...

Pages