STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ माघ ९, आइतबार

    राप्रपालाई विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिक : लिङ्देन

    माघ ९, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शब्द हटाउन निर्वाचन आयोगले भन्नु नै गैरसंवैधानिक भएको जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोग नै संविधानको मर्म र भावना विपरीत गएको भन्दै आफूहरुले त्यही जवाफ लेखेर पठाउने बताए । आयोगले संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई विधानमा राजसंस्था...

  • २०७८ माघ ९, आइतबार

    हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको निर्देशन

    काठमाडौं, माघ ९ - निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्देशन दिएको छ । आयोगले २ माघमा राप्रपालाई पत्र पठाउँदै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्देशन दिएको हो । आयोगले राप्रपालाई पठाएको पत्रमा पार्टीकाे विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता...

  • २०७८ माघ ६, बिहिबार

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

    ६ माघ, काठमाडौँ - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य...

  • २०७८ माघ ३, सोमबार

    प्रदेश २ को नाम मधेस प्रदेश, स्थायी राजधानी जनकपुर

    माघ ३, काठमाडौं - प्रदेश २ ले चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानी पाएको छ । सोमबार प्रदेशसभाको बैठकले प्रदेशको नाम ‘मधेस प्रदेश’ र  स्थायी राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको  हो । प्रस्ताव पारित भएसँगै झण्डै चार वर्षपछि प्रदेश २ को नामकरण र राजधानी टुंगो लागेको हो । मतदानमा मधेस प्रदेशको पक्षमा ८० सांसदले मत हाले, जुन प्रदेशसभाको दुई तिहाइ बहुमत हो । १०३ सदस्यीय...

  • २०७८ माघ ३, सोमबार

    राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सम्पन्न

    ३ माघ, काठमाडौँ - यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब दुई हजार पाँच सय थान मतपत्र छापिएको जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । आयोगका अनुसार छापिएका मतपत्र माघ ४ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम सुरु हुने छ...

  • २०७८ माघ ३, सोमबार

    स्थानीय तहको चुनावको मिति घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको माग

    ३ माघ, काठमाडौँ - गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय तहको चुनावको मिति घोषणा गर्न माग गरेका छन् । स्थानीय सरकारका प्रतिनिधमूलक यी संस्थाहरुले आज संयुक्त विज्ञप्ति निकालेर तत्काल स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका हुन् । समयमै चुनाव नभएमा पालिका प्रमुख र वडाध्यक्षहरुले गर्दै आएका सिफारिस लगायतका...

  • २०७८ माघ ३, सोमबार

    प्रदेश २ को नाम र राजधानीका लागि मतदान हुँदै

    काठमाडाैं, माघ ३ -  प्रदेश २ को नाम र स्थायी राजधानीका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । नाम र राजधानीमा दलीय सहमति जुट्न नसकेपछि अन्ततः मतदान हुने भएको हो । तर बहुमत नजुट्दा मतदानबाट पनि यो विषय पार लाग्ने सम्भावना कमै देखिएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र  राजधानीका लागि तीन वटा प्रस्ताव राखेकाे छ । तर त्यसमा सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो...

  • २०७८ माघ १, शनिबार

    बालुवाटार जग्गा प्रकरणमा सीआईबीले अनुसन्धान गर्ने

    काठमाडौं, पुस ३०- सरकारी वकिलको कार्यालय काठमाडौंबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ । सीआईबीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । सोमबार सरकारी वकिलको कार्यालयले थप...

  • २०७८ पौष २५, आइतबार

    भाषा र संस्कृतिको संरक्षणका लागि छिट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्छौँः मुख्यमन्त्री राउत

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेशमा छिट्टै प्रज्ञा–प्रतिष्ठान गर्ने गठन बताउनुभएको छ । विश्व हिन्दी दिवस २०२२ को अवसर पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्ज नेपालद्वारा आज जनकपुरमा आयोजित नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषय गोष्ठीमा मुख्यमन्त्री राउतले भन्नुभयो, “हरेक भाषा र संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सबै...

  • २०७८ पौष २३, शुक्रबार

    बालुवाटारमा सत्तारूढ शीर्ष नेताहरूकाे बैठक

    प्रधानमन्त्री निवास वालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल सुरु भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू सम्मिलित राजनीतिक समन्वय समितिको बैठक भइरहेको हो । सत्ता गठबन्धनका रहेका दलका नेताहरूबीच १२ माघमा हुने राष्ट्रियसभा निर्वाचन, सरकार सञ्चालनमा भइरहेको समस्या, आर्थिक तरलता, संसद् अवरोध हटाउनेलगायतका विषयमा छलफल हुनेछ । शीर्ष नेताहरू छलफलमा जुट्नुअघि २२ पुसमा राजनीतिक...

  • २०७८ पौष २२, बिहिबार

    नारायणहिटीमा रेस्टुरेन्ट खोल्ने निर्णय विषय मन्त्रालयले छानबिन गर्ने

    पुस २२, काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्ने भएको छ । मन्त्रालयले त्यसका लागि सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो । बिहीबार गठन गरिएको...

  • २०७८ पौष २२, बिहिबार

    बालुवाटार जग्गा प्रकरणमा हाइप्रोफाइलसहित तीन सय बढीलाई पक्राउ पूर्जी

    २२ पुस, काठमाडौं - बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। अनुसन्धान सकिन लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए। पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्। सिंहका अनुसार तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग...

Pages