STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ माघ २२, शनिबार

    किसानका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

    माघ २२, काठमाडौं - मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ। आज (शनिबार) बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो। समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह,...

  • २०७८ माघ २२, शनिबार

    हावाहुरी र हिमपात प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

    माघ २२, काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवं राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक...

  • २०७८ माघ २१, शुक्रबार

    प्रदेश १ का मुख्यमन्त्री राईलाई कालो झन्डा

    माघ २१, काठमाडौं - मन्त्रालय विभाजनको विरोधमा प्रदेश १ सरकारविरुद्ध आन्दोलित भएको नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झन्डा देखाउन गएका अनेरास्ववियुका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र विद्यार्थीबीच घम्साघम्सी भएको छ । काठमाडौंबाट विराटनगर पुगेका मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउन विद्यार्थीहरु...

  • २०७८ माघ २०, बिहिबार

    सिके राउतका कार्यकर्ताद्वारा पूर्व–पश्चिम राजमार्ग बन्द

    माघ २०, काठमाडौं - सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । किसान हकहितका लागि भन्दै आन्दोलन गर्दै आएको सो पार्टीले आज सप्तरीलगायतका मधेश प्रदेशमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेको हो । जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका कारण सप्तरी, सिराहा, धनुषालगायत जिल्लामा यातायात प्रभावित बनेको छ ।...

  • २०७८ माघ १९, बुधबार

    एमालेले देशभर दबाबमूलक कार्यक्रम गर्ने

    माघ १९, काठमाडौँ - नेकपा एमालेले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सरकारले ४ जेठमा स्थानीय निकायको निर्वाचन घोषणा नगरे देशभर दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । 'सरकारले भोलिको मन्त्रिपरिषद् बैठकमार्फत निर्णय नगरेको अवस्थामा पार्टीले केन्द्र र प्रदेश र जिल्लामा दबाबमुलक कार्यक्रमका लागि प्रशिक्षण दिने...

  • २०७८ माघ १९, बुधबार

    जनकपुरधाममा प्रधानमन्त्रीको पुत्लादहन

    माघ १९, काठमाडौँ -  नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका...

  • २०७८ माघ १९, बुधबार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा झडप

    माघ १९, काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले धनगढीमा गरेको प्रदर्शनमा झडप भएको छ । धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय...

  • २०७८ माघ १९, बुधबार

    गठबन्धन अझै बलियो भएर जान्छ स् अध्यक्ष नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन अझै बलियो भएर जाने बताउनुभएको छ । आज काठमाडौँको जडीबुटीमा समाजवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले गठबन्धन दलहरूबीच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताउनुभयो ।         अध्यक्ष नेपालले भन्नुभयो, “गठबन्धनका बीच आपसी अविश्वास पैदा गराउन खोजिए गठबन्धन अझै बलियो भएर जानेछ, गठबन्धनले नै चुनाव...

  • २०७८ माघ १८, मंगलबार

    खोप कार्ड अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

    माघ १८, काठमाडौं - खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन्। खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर रिट निवेदनमा उल्लेख छ। निवेदनमा ...

  • २०७८ माघ १६, आइतबार

    नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने

    माघ १६, काठमाडौं - नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा...

  • २०७८ माघ १६, आइतबार

    राष्ट्रियसभा बैठक निश्चितकालका लागि स्थगित

    माघ १६, काठमाडौं - राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवलायका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । सोमबारका लागि तोकिएको समयमा बैठक बस्न सक्ने अवस्था नभएकाले स्थगित गर्नुपरेको महासचिब गौतमले बताएका छन् । यसअघि आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा...

  • २०७८ माघ १५, शनिबार

    माघ २६ सम्म प्रतिनिधिसभा बैठक स्थगित

    माघ १५, काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोलि आइतबार बस्ने भनिएको बैठक यही माघ २६ गते बस्ने गरी स्थगित भएको हो । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार साँझ एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् । कोरोनाका कारण आइतबार बैठक बस्न सक्ने स्थिति नभएको भन्दै सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेको सूचनामा जनाइएको छ । यसअघि सभामुख सापकोटाले आइतबार बिहानका लागि...

Pages