STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देउवा भेट्न ओली वालुवाटारमा

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ८, बुधबार

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवाटार पुगेका छन् ।

सत्ताबाट बाहिरिएपछि विरलै प्रधानमन्त्री निवास वालुवाटार विरलै पुग्ने गरेका ओली बुधबार भने बिहानै देउवा भेट्न वालुवाटार पुगेका हुन् ।

कानुन निर्माणका साथै दिर्घकालीन महत्वका निर्णयहरु प्रतिपक्षी दलसँग सल्लाह नगरी सरकारले एकलौटी निर्णय गरिरहेको एमालेको आरोप छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग सोही विषयमा कुराकानी गर्ने बताइएको छ । अध्यक्ष ओलीसहित एमालेका अन्य नेताहरु वालुवाटार पुगेका छन् ।

Categorized in राजनीति