STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेसले‘ जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ४, शनिबार

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर चुनावी अभियान घोषणा गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले मंसिर ४ को निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको जानकारी गराएका हुन् ।

उनका अनुसार ‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी गराएका छन् । केन्द्रीय प्रतिनिधिले जिल्लामा पुगेर जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने भएको छ ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउन सक्ने उनले बताए । प्रवक्ता महतले अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने बताए ।

Categorized in राजनीति