STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ माघ १६, आइतबार

    नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने

    माघ १६, काठमाडौं - नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा...

  • २०७८ माघ १६, आइतबार

    राष्ट्रियसभा बैठक निश्चितकालका लागि स्थगित

    माघ १६, काठमाडौं - राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवलायका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । सोमबारका लागि तोकिएको समयमा बैठक बस्न सक्ने अवस्था नभएकाले स्थगित गर्नुपरेको महासचिब गौतमले बताएका छन् । यसअघि आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा...

  • २०७८ माघ १५, शनिबार

    माघ २६ सम्म प्रतिनिधिसभा बैठक स्थगित

    माघ १५, काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोलि आइतबार बस्ने भनिएको बैठक यही माघ २६ गते बस्ने गरी स्थगित भएको हो । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार साँझ एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् । कोरोनाका कारण आइतबार बैठक बस्न सक्ने स्थिति नभएको भन्दै सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेको सूचनामा जनाइएको छ । यसअघि सभामुख सापकोटाले आइतबार बिहानका लागि...

  • २०७८ माघ १५, शनिबार

    जेठभित्रै स्थानीय चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय

    माघ १५, काठमाडौं - सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको  छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्‍ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । 'सत्ता गठबन्धनको बैठकले जेठ महिनाभित्रै...

  • २०७८ माघ १३, बिहिबार

    जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

    जनकपुर, १३ माघ (रासस) - मधेश प्रदेशको राजधानी जनकपुरधाम आउनुभएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउनुुभएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं...

  • २०७८ माघ १३, बिहिबार

    राष्ट्रियसभा सदस्यमा विजयीलाई बधाई

    माघ १२, काठमाडौं (रासस) - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएका नेताहरुलाई बधाई दिनुभएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी हुनुभएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ । राष्ट्रियसभामा १९ सदस्यका लागि...

  • २०७८ माघ १२, बुधबार

    यी हुन् सत्ता गठबन्धनबाट निर्वाचित १८ जना राष्ट्रियसभा सदस्य

    माघ १२, काठमाडौं (रासस) - राष्ट्रियसभामा रिक्त १९ सिटका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा  अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन् ।  निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार...

  • २०७८ माघ १२, बुधबार

    राष्ट्रिय सभा निर्वाचन : जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    माघ १२, काठमाडौं - धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन्...

  • २०७८ माघ १२, बुधबार

    काेराेना महामारीबीच आज राष्ट्रियसभा निर्वाचन

    माघ १२, काठमाडौं - राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज (बुधबार) बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेका छन् । मतदाता मतदानस्थल र केन्द्र तोकिएका शहरमा पुगिसकेका छन् । प्रदेश १ मा पालिका प्रमुख र उपप्रमुखका...

  • २०७८ माघ ११, मंगलबार

    राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने

    माघ ११, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ । राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन्...

  • २०७८ माघ १०, सोमबार

    सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई पठायो १३ अर्ब बढी भुक्तानी

    माघ १०, काठमाडौं - सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।  निगमले सोमबार आईओसीलाई १३ अर्ब २० करोड रुपैयाँ पठाएको छ । सञ्चित बचत शून्यमा...

  • २०७८ माघ १०, सोमबार

    ‘गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन’

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ ।         आज विज्ञप्ति जारी गर्दै उहाँले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उहाँले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताउनुभएको छ । मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उहाँले आफ्नो भनाइ...

Pages