STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज पनि निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १६, बिहिबार

काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो । 

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई पाँच प्रश्न सोधिएको थियो । 

समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । तीमध्ये हिजो पाँच प्रश्नमा सवाल–जवाफ गरिएको छ । सवाल–जवाफका क्रममा जबराले आफूले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँचैजना न्यायाधीशलाई महाअभियोग लगाइदिन आग्रह गरेको खुलासा गरेका छन् । उनले ओलीसँग आफूले हात जोडेर संवैधानिक इजलासमा राख्नुपर्ने न्यायाधीशलाई राख्न नसकेको र राख्नुनपर्ने न्यायाधीशलाई राख्नुपरेको जानकारी गराएको पनि बताएका छन् । 

उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका छन् ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।

Categorized in राजनीति