STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ पौष २०, मंगलबार

    उखु किसानले भुक्तानी नपाए सांसद मोदी अनसन बस्ने

    २० पुस, काठमाडौं - सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् । सांसद मोदीले उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अव आफै आमरण अनसनमा बसेर भुक्तानी दिलाई छाडने अठोट समेत व्यक्त गरे । उखुको बक्यौता रकम भुक्तानी नभए सरकारको घुँडा टेकाउने...

  • २०७८ पौष २०, मंगलबार

    राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र समाजवादीले गराए उम्मेदवारी दर्ता

    पुस २०, काठमाडौं - माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशबाट रिक्त रहेको दुई सिटका लागि गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र नेकपा (समाजवादी) का एक/एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा...

  • २०७८ पौष २०, मंगलबार

    माओवादी केन्द्रले तय ग¥यो राष्ट्रियसभाका उम्मेदवार

    सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई...

  • २०७८ पौष १९, सोमबार

    रेशम चौधरीले गठन गरे नागरिक उन्मुक्ति पार्टी

      १९ पुस, काठमाडौं - निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् । चौधरीकी श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा उक्त पार्टी दर्ता गर्न लागिएको हो । नयाँ पार्टी...

  • २०७८ पौष १८, आइतबार

    माओवादी महाधिवेशन : निर्वाचन नगरी नयाँ नेतृत्व चयन

    निर्वाचनको प्रक्रियामै प्रवेश नगरी माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको छ । विधानतः २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जनाको मात्रै सूची पेस गरे । प्रदेश इन्चार्जहरूको सिफारिसमा समानुपातिक तर्फका विभिन्न क्लस्टरमा सदस्य थपेर महाधिवेशनबाट चयन हुने सदस्यको संख्या २ सय ६९ पुर्‍याइने अध्यक्ष प्रचण्डले बन्दसत्रमा जानकारी गराए ।...

  • २०७८ पौष १७, शनिबार

    माओवादीले प्रकाशन गर्‍यो १७४२ मतदाताको नामावली

    १७ पुस, काठमाडौं -नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भव भएसम्म...

  • २०७८ पौष १७, शनिबार

    रामचन्द्र पौडेल, विजय गच्छदार लगायत १० नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

    १७ पुस, काठमाडौं - नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय समितिमा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल, कांग्रेस नेता प्रकाशमान सिंह, विजयकुमार गच्दारसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौडेल, सिंह, गच्छदारसँगै विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा....

  • २०७८ पौष १६, शुक्रबार

    एमसीसी खारेजीको लागि नेमकिपाको प्रदर्शन

    पुस १६, काठमाडौं -  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।   एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै नेमकिपाले शुक्रबार दिउँसो काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी नेमकिपाका कार्यकर्ताहरूले 'एमसीसी सम्झौता खारेज गर', 'राष्ट्रघाती सम्झौता चाहिँदैन', 'अमेरिकी साम्राज्यवाद मुर्दावाद', 'एमसीसीका मतियारहरू खबरदार', 'सरकार र सांसदहरू-होसियार...

  • २०७८ पौष १४, बुधबार

    नेवार समुदायलाई नेतृत्वको लागि अघि बढ्न आग्रह

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदाय अहिले संकटको अवस्थामा पर्दै गएको विचार राख्नुभएको छ ।  काठमाडौंमा मंगलबार नेवाः जातिय महासंघले आयोजना गरेको ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, आर्थिक, सामाजिक र राजनीतिक दमन आजको दिनसम्म...

  • २०७८ पौष ११, आइतबार

    नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

    ११ पुस, काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन राजधानीको प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको छ। महाधिवेशन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रज्ञा प्रतिष्ठान पुगेका छन । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत...

  • २०७८ पौष ११, आइतबार

    प्रधानन्यायाधीशविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

    ११ पुस, काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत् नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापन पत्र बुझाएका छन् । आज आइतवार ललितपुरको पुल्चोकमा रहेको विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत् नागरिक आन्दोलनका अगुवा प्रा. डा. गोविन्द केसीसहितको टोलीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै...

  • २०७८ पौष ११, आइतबार

    रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

    ११ पुस, काठमाडौं - शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो। किन रातारात यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ। एक दिनमै त्यस्तो के परिवर्तन आयो भन्ने बारेमा आम कार्यकर्ता पङ्क्तिमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै थियो। शनिबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘...

Pages