STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विप्लवलाई पक्राउ गर्न अदालतले काट्यो पुर्जी

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १६, सोमबार

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न पुर्जी काटिएको छ ।

आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण लगायतका नेताहरूलाई पक्राउ गर्न पुर्जी काटेको हो । उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न आदेश जारी गरेको हो ।

उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । विप्लवसहितका ती नेताहरुमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिनको समयसीमा दिएर पक्राउ पुर्जी जारी गरिएको हो ।

Categorized in राजनीति