STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ फाल्गुण १३, शुक्रबार

    आजकाे प्रतिनिधिसभाकाे बैठक स्थगित

    काठमाडौ - प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई लिएर किचलो बढिरहेको बेलामा आज बस्ने भनिएको बैठक पनि स्थगित गरिएको हो। बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए। सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    नेकपा एसले एमसिसीबारे बहस कार्यक्रम चलाउने

    काठमाडौं - माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का जनसंगठनहरूले एमसीसी सम्झौताबारे आज बहस कार्यक्रम चलाउँदैछन् । काठमाडाैंकाे प्रज्ञा भवनमा दिउँसो २ बजेपछि सुरु हुने कार्यक्रममा पार्टीका नेतासँगै विज्ञहरू सहभागी हुने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।  सत्ता गठबन्धनको एक घटक नेकपा एसले संसदीय अनुमोदन पर्खिरहेको एमसीसीसँग सम्झौतालाई यथास्थितिमा समर्थन गर्न नसकिने निर्णय...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    आज संसद्‌मा एमसिसीमाथि छलफलकाे सम्भावना, वानेश्वर क्षेत्रमा ठूलाे संख्यामा प्रहरी परिचालन

    काठमाडौं - बानेश्वर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।  संसद्‍मा एमसीसीबारे प्रस्ताव प्रस्तुत हुने भएपछि विरोधमा हुने सभावित प्रदर्शनलाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले बानेश्वर...

  • २०७८ फाल्गुण १२, बिहिबार

    स्थानीय चुनावका लागि २९ दल दर्ता

    काठमाडौं - स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने राजनीतिक दलको संख्या २९ पुगेको छ । निर्वाचन आयोगले आउँदो १५ फागुनसम्म दल दर्ताको समयसीमा तोकेको छ । उक्त समयसीमाभित्र आयोगमा दल दर्ता गर्ने दलले मात्रै चुनावमा भाग लिन पाउँछन् । आयोगका अनुसार पछिल्ला दिनमा १९ वटा दलले दर्ता गराएका छन् । यसअघि १० वटा दलले दर्ता गरिसकेका थिए । पछिल्लोपटक दर्ता गर्ने १९ दलमा नेकपा एकीकृत समाजवादी,...

  • २०७८ फाल्गुण १२, बिहिबार

    एमसीसीकाे विराेधमा बानेश्वरकाे प्रदर्शनीमा प्रहरीले हान्याे अश्रुग्यास

    काठमाडौं - एमसीसीविरोधी प्रदर्शनमा उत्रेकाहरूले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । संसदमा आज एमसीसीसम्बन्धी प्रस्तावमाथि छलफल हुन थालेकाे भन्दै सत्ताधारी दलकै कार्यकर्ताहरू विराेध प्रदर्शनमा उत्रेका थिए ।  प्रदर्शनकारीले निषेधित क्षेत्र ताेड्ने प्रयास गरेपछि प्रहरीले पानीकाे फाेहाेरा र अश्रुग्यास प्रहार गरेकाे हाे । प्रहरीले उनीहरूलाई बानेश्वबाट लखेटेर...

  • २०७८ फाल्गुण १२, बिहिबार

    प्रतिनिधिसभाकाे बैठक स्थगित

    काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।  

  • २०७८ फाल्गुण ११, बुधबार

    स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले माग्यो ९ अर्व रुपैँया

    काठमाडौं - निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि झन्डै नौ अर्ब रुपैयाँ बजेट माग गरेको छ । चुनावका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट माग गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभयो । यो बजेट यसअघि भएको स्थानीय तहको चुनावमा भएको खर्चभन्दा झन्डै ८१ करोड रुपैयाँले बढी हो । २०७४ सालको स्थानीय...

  • २०७८ फाल्गुण १०, मंगलबार

    एमसीसी विरुद्धमा परेको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं - सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो । अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी सम्बन्धित पक्षलाई गराउने गरिन्छ, यसलाई नै...

  • २०७८ फाल्गुण ९, सोमबार

    संसदमा एमसीसी टेबल जबरजस्ती : माओवादी केन्द्र

    काठमाडौं- नेकपा माओवादी केन्द्रले जबरजस्ती संसदमा एमसीसी टेबल गरेको भन्दै आपत्ति जनाएको छ। माओवादी प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै आपक्ति जनाएका हुन्।  'सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्टरुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबरजस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको दर्फबाट लिखित...

  • २०७८ फाल्गुण ८, आइतबार

    प्रतिनिधिसभामा एमसीसी टेबल

    काठमाडौं - प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि संसदमा टेबल भएको छ । २०७६ असार...

  • २०७८ फाल्गुण ८, आइतबार

    नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण

    काठमाडौं - एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । निषेधित क्षेत्र तोडेपछि अवस्था तनावपूर्ण भएको हो । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको...

  • २०७८ फाल्गुण ७, शनिबार

    कमल थापाले गरे राप्रपा नेपालको औपचारिक घोषणा

    राप्रपा त्यागेर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपालको अध्यक्ष रुपमा पार्टीको घोषणा गरेका छन् । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् । उनले महाधिवेशनबाट लिङ्देन अध्यक्ष बनेपछि आफूलाई सो पार्टीमा बस्ने वातावरण नभएको बताए । उनकाे सम्बाेधन जारी छ । उनले राप्रपाबाट कार्यकर्ताहरू पलायन भएकाले सो पार्टीबाट अलग...

Pages