STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महाभियोग समितिकाे बैठक दिउँसाे १ बस्ने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३०, बिहिबार

काठमाडौं - आज (बिहीबार) बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्व न्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।

Categorized in राजनीति