STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालेन र सुनितालाई कमल थापाकाे स्याबासी

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३१, शुक्रबार

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता ढंगोललाई स्याबासी दिएका छन् ।

उनले ट्वीट गर्दै टुकुचा खोला पत्तो लगाएको भन्दै स्याबासी दिएका हुन् । अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको समेत बताएका छन् ।

उनले सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा रहेको उल्लेख गरेका छन्।

त्यस्तैगरी थापाले काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होउन् भन्दै शुभकामना दिएका छन् ।

यस्ताे छ थापाकाे ट्वीट

स्याबास बालेन, स्याबास सुनिता !

हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई धन्यवाद । सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना

Categorized in राजनीति