STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निलम्बित प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १, शनिबार

काठमाडौं - प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउन सिफारिस गरेकाे छ । ११ सदस्यीय समितिको बहुमत सदस्यले राणामाथि महाभियोग प्रस्ताव ९ बुँदामा आधार प्रस्तुत गरेका छन् । 

समितिकी सदस्य कल्याणी खड्काले केही आरोपहरुमा प्रमाण जुटाउन बाँकी रहे पनि जेजति विषय आएका छन् ती विषयहरु नै निलम्बित प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन पर्याप्त रहेको बताइन् ।

हामीसँग जे प्रमाण आएका छन् ती विषयहरु नै महाभियोगका लागि पर्याप्त छन् । उनी (राणा)को आफ्नै बयानले पनि प्रमाण पुग्ने कुरा भएको छ । त्यही कारणले महाभियोग लगाउनु उपयुक्त हुन्छ भन्ने धारणा हो,' उनले भनिन्, 'महाभियोगको आधारलाई नौ बुँदामा प्रस्तुत गरेका छौं । 

कुनै पनि घटनामा सम्बन्धित व्यक्तिले कबुल गरेपछि अर्को प्रमाण आवश्यक हुँदैन,' खड्काले भनिन् । समितिको बहुमत सदस्यले सिफारिस गरेका हुन् । त्यसैगरी एमाले र लोसपाका सांसदले ८ बुँदे फरक मत राखेका छन् ।

Categorized in राजनीति