STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जबरासँग दाेस्राे दिनकाे जवाफ लिने क्रम सकियाे

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १६, बिहिबार

काठमाडौं - प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ । 

महाअभियोग सिफारिस समितिमा उपस्थित जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् । धेरै भूमिका बाँधेर  घरिघरि समिति र संसद्‌लाई नै प्रश्न गर्दै व्याख्यात्मक शैलीमा जबराले जवाफ दिएको सांसद् मीन विश्वकर्माले बताए ।

बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो ।

झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।

पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको थियो । अर्को बैठक १९ गते आइतबारलाई राखिएको समितिका सदस्य कल्याणी कुमारी खड्काले जानकारी दिइन् । जवाफका लागि समितिले ४३ प्रश्न तय गरेको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको जवाफ दिएका थिए ।

जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

जबराविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

Categorized in राजनीति