STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल आइपुगे भारतीयस्थल सेनाध्यक्ष

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १९, आइतबार

काठमाडौं - भारतीयस्थल सेनाका अध्यक्ष मनोज पाण्डे नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि दिनका लागि पाण्डेलाई नेपाल बोलाइएको हो ।

नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने चलन रहेको छ ।

मनोज पाण्डेलाई सोमबार (भोलि) सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिइनेछ । उक्त अवसरमा पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यतालिका रहेको छ । त्यसपछि अपरान्ह शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको अवार्ड प्रदान गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै मंगलबार पाण्डे मौसमले साथ दिएमा माउन्टेन फ्लाइटमा निस्कने जानकारी गराइएको छ । दिउँसो उनले शिवपुरीमा रहेको आर्मी स्टाफ कलेजको भ्रमण गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको योजना रहेको छ ।

यसैबीच बुधबार उनी बिहान मुक्तिनाथ दर्शनमा निस्किनेछन् । त्यसपछि पाण्डे पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरमा पुग्नेछन् भने भदौ २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

Categorized in राजनीति